आहा ! रारा पोखरा गोल्डकप: उज्वेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनलमा
पाेखरा | माघ २९, २०८१
पोखरा: भारत सिक्किमको थन्डर बोल्टस् नर्थ युनाइटेडलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
पोखरा रागंशालामा मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा थन्डर बोल्टस् ३–० ले हराउँदै ब्ल्याक बुल्स अन्तिम चारमा पुगेको हो। योसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ।
यसअघि नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लब ले सेमिफाइनल पुगिसकेका छन् । ३६ औं मिनेटमा इस्लोमजोन अब्दुकोडिरोभको गोलमा ब्ल्याक बुल्सले अग्रता बनाएको थियो।
सभ्कात्जोन सत्तोरोभको पासमा उनले थन्डर बोल्ट्स गोलकिपर र डिफेन्डरको बिचबाट सेकेण्ड बारबाट उत्कृष्ट गोल गरे। ७३ औं मिनेटमा साभ्कातजोनको क्रसमा साइडजामोलले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता दोब्बर पारे।
खेलको ७५ औं मिनेटमा साभ्कातजोन सत्तोरोभको गोलमा ब्ल्याक बुल्सले ३–० को आरामदायी अग्रता बनायो।
सेमिफाइनलमा ब्ल्याक बुल्सले थ्री स्टारको सामना गर्नेछ। पहिलो सेमिफाइनल बुधवार पुलिस र चर्च ब्वाइजबिच हुनेछ। प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

